दफा ४८
कैदको सजाय हुने
(१) देहायको कसुर गर्ने सशस्त्र वन रक्षकलाई जन्मकैदको सजाय हुनेछः ०

(क) सशख्र विद्रोहमा सरिक भएमा,

(ख) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा सङ्घीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अवहेलना हुने गरी लेखेर, बोलेर वा सङ्केतद्वारा वा अरु कुनै किसिमबाट कुनै काम कुरा गरे गराएमा,
(ग) आफ्नो जिम्मामा रहेको सरकारी वा कसैको हातहतियार वा खरखजाना बेचविखन गरेमा वा कुनै प्रकारबाट अरु कसैलाई सुम्पिएमा,

(घ) आफ्नो प्रयोगको निमित्त लिई राखेको वा आफूले जिम्मा लिई राखेको हातहतियार खरखजाना लिई भागेमा,

(ङ) आतङ्ककारी गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सघाएमा,

(च) सुरक्षासँग सम्बन्धित सूचना तथा खबरहरु अनधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा वा उपलब्ध गराउन प्रयास गरेमा वा अन्य कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा ।

(२) देहायको कुनै कसुर गर्ने सशस्त्र वन रक्षकलाई कसुरको मात्रा हेरी दुई वर्षदेखि बाह्र वर्षसम्म कैदको सजाय हुनेछः-

(क) डपूटीमा रहेको वा नरहेको भए पनि आफुभन्दा माथिल्लो दर्जाको सशस्त्र वन रक्षक वा सुरक्षासँग सम्बन्धित अधिकार प्राप्त अन्य अधिकारी हो भन्ने थाहा पाएपछि वा थाहा हुने मनासिब आधार हुँदाहुँदै पनि आपराधिक बल प्रयोग गरेमा वा गर्ने उद्योग गरेमा,

(ख) सशत्र विद्रोहको षडयन्त्र वा उद्योग गरेको थाहा पाएर पनि आफूभन्दा माथिल्लो दर्जाका पदाधिकारीलाई सो कुराको यथाशक्य चाँडो खबर वा सूचना नदिएमा,

(ग) बन पैदावार, वन्यजन्तुको आखेटोपहार चोरी शिकारी गर्ने वा मिलेमतो गरी वनसँग सम्बन्धित कसुर गर्नेलाई कुनै प्रकारले सहयोग पुच्याएमा,

(घ) आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको अभियुक्तलाई जानी-जानी भाग्न दिएमा वा भगाउन सहयोग गरेमा ।

(३) देहायका कसुर गर्ने सशस्त्र वन रक्षकलाई कसुरको मात्रा हेरी दुई वर्षसम्म

कैदको सजाय हुनेछः-

(क) डूटीको समयमा मादक पदार्थ सेवन गरेमा वा आफ्नो कमाण्डरको आदेशको अवहेलना गरेमा वा बिना ईजाजत क्याम्प छाडी गएमा,

(ख) कुनै राजनीतिक सङ्गठन वा दलको सदस्यता ग्रहण गरेमा वा राजनीतिक उद्देश्यले आयोजित जुलुस वा प्रदर्शनमा भाग लिएमा,

(ग) आफ्नो जिम्मामा रहेका हातहतियार, खरखजाना वा सवारी साधन वा नगदी वा जिन्सी सामानको दुरुपयोग गरेमा, लापरबाहीपूर्वक हराएमा, बिगारेमा वा भत्काएमा,

(घ) आफ्नो जिम्मामा रहेको सम्पत्ति लिई भागेमा।

(४) सशस्त्र वन रक्षकले कुनै किसिमले सरकारी वा सार्वजनिक वा व्यक्तिगत

धनमाल लुटेमा वा हानि नोक्सानी पुच्याएमा निजलाई प्रचलित कानून बमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैदको सजाय हुनेछ।